शक्तिको आडमा सुपारी आयात खुला: यी हुन् भारततर्फ तस्करीको लाइन चलाउने व्यापारीहरु
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २०:३५:६
६ चैत, काठमाडौं । शेरबहादुर देउवा सरकारले केही सीमित व्यापारीहरुलाई लाभ हुने गरी सुपारी आयातलाई खुला गरेको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएर अत्यावश्यक वस्तुको आयातमा समेत कटौती गरिरहेको अवस्थामा सरकारले भारततर्फ तस्करी हुने सुपारी नेपालको उद्योगमा खपत हुनेभन्दा दोब्बर परिणाममा आयात
हुने गरी खुला गरेको हो ।
उपकार गुट्खा, श्रीराम टोबाको र देउती गुट्खाको नाममा अहिले सुपारी आयातको बाटो खोलिएको हो । उद्योगको नाम देखाइए पनि सुपारी आयातको कोटा भने प्रदीप मित्तल र दिनेश राठीलाई दिइएको स्रोतले जनाएको छ । बीरगन्जका पूर्व सांसद अनिल रुङगटा, श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठी संलग्न टोलीले सुपारी आयात खुलाउन प्रमुख भूमिका खेलेको बताइएको छ ।
सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा र अन्य शक्तिकेन्द्रलाई आर्थिक प्रभावमा पारेर आयात खुला गराएको स्रोतको दावी छ । तेस्रो मुलुकबाट नेपालमा सुपारी आयात गर्दा ठूलो परिणाममा विदेशी मुद्रा बिदेशिन्छ । नेपाली उद्योगका लागि भनेर सरकारले आयात खोले पनि अवैध रूपमा ठूलो परिमाणमा सुपारी भारततर्फ निकासी हुने गरेको छ । सुपारी निकासीमा अर्बौं रूपैयाँको चलखेल हुने भएकाले सुपारी व्यापारीको सेटिङमा सरकारले आयात खुला गरेको हो ।
मन्त्रिपरिषद बैठकले यसअघि नै सुपारी लगायत वस्तुको आयात खुला गर्ने निर्णय गरेको भएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत हप्ता राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरेर नेपाली सुपारीलाई प्रतिस्थापन गर्ने र विदेशी सुपारी आयात गरी भारततर्फ तस्करी गर्न सहज बनाएको छ । नीतिगत भ्रष्ट्राचारको यो चरम नमुना हो ।
नेपालमा हरेक वर्ष १२ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको तथा त्यो सुपारी पनि नेपालका उद्योगीहरुले राम्रो मूल्य नदिएका कारण बिक्री नुहने अवस्थाकै बीचमा सरकारले २५ हजार मेट्रिक टन सुपारी आयत गर्न अनुमति दिएको छ । नेपालको उद्योगमा १२ सय टन पनि खपत नहुने सुपारी कुन प्रयोजनका लागि आयात खुला गरिएको हो भन्नेबारेमा सरकारले एकिन जवाफ दिन सकेको छैन ।
निकासी–पैठारी (नियन्त्रण) ऐन,२०१३ को दफा ३ को उपदफा (१) बमोजिम केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने निर्णय गरेको जनाइएको छ । उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योग आफैंले आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात अनुमति प्रदान गर्न स्वीकृति दिने गरी निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
स्रोतका अनुसार सुपारी आयात र बिक्री वितरणमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो हुने गरेको छ । सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ । सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको गरेको छ । सुपारी आयातका लागि ६० करोड कमिशनको खेल भएको र त्यसमा मन्त्रीपरिषदका सदस्यहरु, मन्त्रालयका उच्च अधिकारी र केही विचौलियाहरुले भूमिका खेलेको स्रोतको दावी छ ।
व्यापारीले नेपालबाट ९ हजार ७ सय ७० मेट्रिक टन सुपारी निकासी गर्न वैधानिक अनुमति पाएपनि अरू सुपारी चोर बाटोबाट भारत पठाउन सो सुपारी आयात खुला गरिएको स्रोतको दावी छ । २० हजार मेट्रिक टन सुपारी भारत निकासी गर्दा भन्सार शुल्क र जीएसटीवापत मात्र करिब साढे २ अर्ब रूपैयाँ जोगिने अनुमान छ । सरकारले गतबर्ष केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन, मरिच १५ हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । यो वर्ष परिमाण तोकिएको छैन ।
नेपालमा करिब १२ हजार मेट्रिक टन सुपारी खपत हुने अनुमान छ । स्वदेशमा करिब ९ हजार सुपारी उत्पादन हुन्छ । विदेशबाट आयात भएको करिब ५ हजार टन यहाँ प्रयोग भए पनि २० हजार मेट्रिक टन भारततर्फ जाने गरेको छ । यी वस्तुको आयात गर्न नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न शतप्रतिशत पैसा बैंकमा राख्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । नेपालबाट भारत सुपारी निर्यात गर्दा तोकिएको परिमाणका लागि शून्य भन्सार भएकाले त्यसको फाइदा उठाउँदै उद्योगको नाममा प्रदीप मित्तल र दिनेश राठीले निकासीको जिम्मा लिएको स्रोतको दावी छ ।
भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जीएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २० पैसा) लाग्छ । विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ । अन्य नाफाबाहेक किलोमै १ सय ३१ रूपैयाँ भन्सार मात्र फाइदा हुने भएपछि यो गिरोहले नेपालका उच्च सरकारी अधिकारीसँगको सेटिङमा तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत पठाउने गरेका छन् ।
सुपारी लगायतका वस्तुमा अर्बौं रूपैयाँ फाइदा हुने र भाग पनि पाइने भएपछि सरकारी अधिकारीले पनि यो कारोबारमा साथ दिदै आएका छन् । फाइदा लिन सरकारी अधिकारी पनि स्वार्थ समूहको प्रभावमा परेर केराउ, सुपारी लगायतको वस्तुको आयातमा कहिले अनुमति दिने, कहिले रोक्ने गर्दै आएका छन ।
सुपारी तस्करीको यो अवैध कारोबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, भन्सार विभागका अधिकारी समेत अप्रत्यक्ष रूपमा संलग्न हुँदै आएको स्रोतले जनाएको छ । सुपारी, केराउ लगायतका परिमाणात्मक बन्देजका यी वस्तु आयात गरेर बिक्री गर्दा भन्सार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीदेखि प्रधानमन्त्री कार्यालयसम्म भाग पुग्ने गरेको छ । विगतमा यसको सेटिङ केपी ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले गर्दै आएका थिए । अहिले यसको सबै जिम्मेवारी बीरगञ्जका व्यापारी अनिल रुङगटाले लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार