माघमा विद्युतीय भुक्तानी कारोबार घट्यो
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:४:५८
६ फागुन, काठमाडौं । माघमा विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या र रकम दुवै घटेको छ । पुस महिनाको तुलनामा माघमा विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या र रकम दुवै घटेको हो ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडबाट हुने भुक्तानीमा अधिकांशको संख्या र रकम दुवै घटेको छ।
नगद कारोबारलाई निरुत्साहित गर्न सरकार, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक/अपरेटरदेखि निजी क्षेत्र आक्रामक बन्दै गएपछि विद्युतीय भुक्तानी निरन्तर बढ्दै गएको थियो । तर, चालु आवको पुस महिनाको तुलनामा माघमा सो विद्युतिय कारोबार घटेको देखिन्छ।
इन्टरनेट बैंकिङको कारोबार घटेको छ भने रकम बढेको छ। पुसमा दुई लाख ५६ हजार २२८ वटा कारोबार भएको इन्टरनेट बैंकिङमा माघमा बढेर दुई लाख ६७ हजार ३५८ पुगेको छ। पुसमा इन्टरनेट बैंकिङ प्रयोग गरी १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएकोमा माघमा घढेर १२ अर्ब ८९ करोड ९ लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।
कनेक्ट आइपीएसबाट माघमा ३१ लाख ४० हजार १८० वटा कारोबारबाट दुई खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी भएको छ।
पुसमामा कनेक्ट आइपीएसबाट ३१ लाख ४५ हजार वटा कारोबारबाट दुई खर्ब २८ अर्ब ४५ करोड ४० लाखलाख रुपैयाँको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ।
यस्तै, पुसमा मोबाइल बैंकिङ प्रयोग गरी एक करोड ५१ वटा कारोबारबाट ९४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी भएको थियो। भने माघमा मोबाइल बैंकिङबाट १ करोड ३८ लाख कारोबारमा ९२ अर्ब ३८ लाख भुक्तानी गरेको छ । माघमा भने मोबाइल बैंकिङबाट हुने भुक्तानी र कारोबार दुबै घटेको छ ।
त्यसैगरी, मोबाइल वालेटबाट हुने भुक्तानी संख्या र रकम दुवै घटेको छन्। पुसमा एक करोड ३७ लाख वटा कारोबारबाट १६ अर्ब २७ करोड रुपैयाँ भुक्तानी भएको थियो। माघमा वालेटबाट एक करोड २९ वटा कारोबारबाट १४ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको छ।
पछिल्लो समय निकै रुचाइएको क्यूआर कोडबाट हुने कारोबार संख्या घटेको छ भने र रकम भने बढेको राष्ट्र बैंकले जनाएको छ। पुसमा १९ लाख १८ हजार वटा कारोबारबाट ६ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी भएको थियो। माघमा भने कारोबार संख्या घटेर १७ लाख ८२ हजार पुगेको छ। जसबाट माघमा ६ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार