विद्यालयलाई पाँच लाख सहयोग
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:२२:४७
६ चैत, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित हिमालय आधारभूत विद्यालयलाई रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । वडा नं २ स्थित राखु भगवती र वडा नं ३ स्थित राखु पिप्ले घर भई बेलायतमा बसोबास गर्ने राखुवासीको साझा संस्था राखु समाजद्वारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु पाँच लाख सात हजार ७३० सहयोग प्राप्त भएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा उक्त समाजका २६ जनाले सङ्कलन गरेको सो सहयोग रकम सदस्य अर्जुन मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भूबनोटका कारण गाउँकै पातिहाल्नामा स्थानान्तरण गरी पुनःनिर्माण गरिएको छ । सदस्य मल्लले प्रवासमा रहेर पनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आइरहेकामा विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उद्देश्यले सो सहयोग गरिएको बताए ।
हाल उक्त विद्यालयमा ७० विद्यार्थी अध्ययनरत छन् । पुनः निर्माण भइरहेको विद्यालय भवन निर्माणमा प्राप्त सहयोगलाई पारदर्शी तवरले उपयोग गरिने जानकारी दिंदै अध्यक्ष कटुवालले प्रवासमा रहेरसमेत गाउँको शैक्षिक विकासमा सघाएकामा उक्त समाज र सहयोगदातालाई धन्यवाद दिए । कार्यक्रममा सहयोगदाता मल्ललाई सम्मान गरिएको थियो ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार