कास्कीमा १५ सय म्यादी प्रहरी आवश्यक पर्ने
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:५५:५
६ चैत, पोखरा । आगामी स्थानीय तहको निर्वाचनका लागि कास्कीमा झन्डै एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान गरेको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान गर्ने ठाउँको टुंगो लगाएको हो । सोहीअनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ ।
कार्यालयका अनुसार अघिल्लो स्थानीय चुनावकै आधारमा मतदानस्थल कायम गरिएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा ७२ वडा छन् । नयाँ नामावलीअनुसार दुई लाख ८१ हजार नौ सय ४० मतदाता छन् । पूरा मतदातामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । जिल्लाभर चारजना पारालैंगिक मतदाता छन् ।
आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तीभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् । यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार