शेयरबजार २६१६ अंकमा झर्यो, कारोबार रकममा पनि गिरावट
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २१:४२:१५
६ चैत, काठमाडौं । आइतबार शेयरबजारको परिसूचक नेप्से २६१६ अंकमा झरेको छ । १४ दशमलव ६७ अंक घटेर परिसूचक २६ सय अंकमा १६ विन्दुमा कायम भएको हो ।
कुल २ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन कुल ४६ कम्पनीको मूल्य बढ्यो भने १४१ को घट्यो । ६ को मूल्य भने स्थिर रह्यो ।
हालै आईपीओ बिक्री गरेको राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयरमूल्य करिब १० प्रतिशतले बढ्यो । निफ्राको शेयरमूल्य करिब ५ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ४ प्रतिशत बढ्यो ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यस दिन कम्पनीको सर्वाधिक १६ करोड २९ लाख बराबरको खरिद बिक्री भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख र नेपाल टेलिकमको ८ करोड ८२ लाख रुपैयाँको कारेबार भएको छ ।
यस दिन सबैभन्दा बढी मैलुङ खोला जलविद्युतको ३ दशमलव ७६ प्रतिशतले शेयरमूल्य घटेको छ । त्यस्तै, शिव श्री हाइड्रोपावरको ३ दशमलव ३१ प्रतिशत र प्रभू लाइफ इन्स्योरेन्सको ३ दशमलव २९ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार