चुनावको लहर माओवादीतर्फ देखेर होला पार्टी एकताका लागि फुटेका समुह लाइनमा छन्ः प्रचण्ड
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २२:२१:४७
६ चैत, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीका पक्षमा चुनावी लहर आएको देखेर तत्कालिन प्रधान सेनापति रुक्माङ्गगत कट्वाल प्रकरणपछि विभाजनमा गएका समुहरु एकताको लाइनमा बसेको बताएका छन् ।
आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले माओवादीसँग एकता गर्न चाहने समुहहरुको संख्या १५-१६ वटा रहेको बताए । उनले नेपालका कम्युनिष्टहरुलाई एक बनाएर शक्तिशाली पार्टी बनाउन एमालेसँग पार्टी एकता गरेपनि केपी ओलीलाई रुपान्तरण गर्न आफुले गरेको प्रयास असफल भएको बताए ।
प्रचण्डले भने, ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका हौँ ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं’, प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुदै पार्टी विभाजनको श्रृखंला शुरु भएको कथा पनि सुनाए ।
माआवादीबाट फुटेर गएकाहरुप्रति लक्षित गर्दै प्रचण्डले भने पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति ?,अहिले फेरी एकता कति हो कति ? । उनले भने, ‘अहिले फेरि एकताका लागि १४,१५ समुह लाइनमा छन ।’
प्रचण्डले प्रतिगमनविरोधि आन्दोलनमा आफु माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै आफुले पलेँटी केसकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त भएको र त्यसैलाई देखेर जनता माओवादीप्रति आसावादी भइरहेको बताए ।
‘एउटा टेलर गत पुसपछि देखियो, यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? क्रान्तिकारी बनाउन सम्भव छ भन्ने कुरा प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माणतिर लागेका हौं’, प्रचण्डको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार