यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २२:३५:११
♠ ईश्वरी बराल
६ चैत, काठमाडौं । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा आयोजित कार्यक्रममा व्यस्त बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै तनहुँ जाँदैछन् । नुवाकोट, रामेछाप, दोलखा र काभ्रेमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका देउवा १० चैतमा तनहुँमा जान लागेका हुन् । तनहुँ महोत्सवको उद्घाटन र एउटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न देउवा त्यसतर्फ जाँदैछन् ।
देउवाको साथमा तनहुँ गृहजिल्ला भएका कांग्रेस नेता रामचन्द्र पौडेल पनि सहभागी हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । देउवाले जिल्ला महोत्सवको उद्घाटन गर्नुको साथै रिसिङ गाउँपालिकामा एउटा भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री देउवा र नेता पौडेल जिल्लामा आउने भएपछि चुनावी कार्यक्रम पनि सफल पार्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
यी बाहेक पनि देउवा अन्य जिल्लाका कार्यक्रममा जाने तयारी गरेको बुझिएको छ । औपचारिक कार्यक्रम र भवन उद्घाटनमा जाने भनिए पनि उनी चुनाव लक्षित प्रचारमा गएको देख्न सकिन्छ । औपचारिक कार्यक्रमको नाम दिएर जिल्लाका नेता कार्यकर्ता भेट्न पुगेको उनका भाषण र अभिव्यक्तिले प्रस्ट पारेको छ । गएका प्रत्येक कार्यक्रममा देउवाले चुनाव लक्षित विषयवस्तुमा केन्द्रित भएका बोलेका छन् भने प्रभावकारी ढंगले चुनावको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
देउवाले नुवाकोटमा किस्पाङ र तादी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए भने रामेछापमा खिम्ती सवस्टेसनको उद्घाटन गरे । दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै काभ्रेमा तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन पनि गर्न पुगेका थिए ।
चुनावको मुखमा औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी हुन भनेर गएपनि उद्देश्य भने चुनाव केन्द्रित गतिविधि बढाउने नै देखिएको छ । देउवा पुगेका सवै जिल्लामा पार्टी सभापति र कार्यकर्तासँग छुट्टै भेटघाट गरेर पार्टीको संगठन निर्माण र चुनाव केन्द्रित कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
कांग्रेस काभ्रेका सभापति तिर्थबहादुर लामाले प्रधानमन्त्रीसँगको भेटले ऊर्जा मिलेको बताए । कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले पनि प्रधानमन्त्रीसँग औपचारिक कार्यक्रमबाहेक छुट्ट भेट भएको बताएका छन् ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले चुनावको मुखमा नेताहरू जनतासँग जोडिन चाहने भएकाले त्यही मौका छोपेर सकेसम्म बोलाएको सबै कार्यक्रममा जान खोज्ने बताए । ‘देश निर्माण, विकास र सुशासनमा महत्वपूर्ण निर्णय नगरी हल्लिएर बस्नुभन्दा जनताले बोलाएको ठाउँमा नेताहरू पुगेका हुन्, निर्वाचन आचारसंहिता सुरु भएपछि प्रचार गर्न नपाउने भएकाले पनि नेताहरुलाई अहिले दौडधूप बढेको छ,’ उनले भने ।
कांग्रेसले पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई चुनावी प्रचार अभियानमा खटाएको छैन । तर पार्टी सभापतिसहित अन्य नेताहरू आफ्नो अनुकूलतामा विभिन्न जिल्लामा पुगिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विभिन्न कार्यक्रममा सक्रिय भएका छन् । यी सबै सक्रियतालाई चुनावी प्रचार प्रसारकै रूपमा लिन मिल्ने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको बुझाइ छ । -न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार