दक्षिणपन्थी अवसरवादीहरुले ओली सरकार ढालेः पोखरेल
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २२:४७:३३
६ चैत , सुर्खेत । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादीका कारण ओली सरकार ढलेको बताएका छन् । उनले कर्णाली प्रदेशस्तरीय अगुवा कार्यक्रता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताए ।
दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर कांग्रेसको सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी भएको बताए । ‘देशमा अपराध पूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो,’ उनले भने .
नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरे उनले बताए । ‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उनले भने,‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशोधन गर्नुभयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार