नेपाल आउने चिनियाँ कामदारको संख्यामा बृद्धि
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २३:२२:२७
६ चैत, काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्नेगर्छ । वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ । यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले न्युज कारखानासँग भने ।
पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ ।
चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ । सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ११२, २०७६÷७७ मा १९१, २०७५÷७६ मा ४४८, २०७४÷७५ मा ३३१ र २०७३÷७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए । नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४.६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
दुई हुलाक टिकटमा टाँचा प्रदान
पुष १, २०८१ सोमबार
इन्स्टाग्राममा आउँदैछ नयाँ एआई फिचर, यसरी काम गर्नेछ
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार