बेसीशहर-चामे सडक पुन:१० दिन बन्द हुने
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार १४:३३:४७
७ चैत लमजुङ । मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ ।
बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ । नासों गाउँपालिका ९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।
मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।
यसअघि सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। बेशीसहर-चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
पुष १४, २०८१ आइतबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार