मधेस प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार १७:५८:४८
७ चैत, जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । त्यसमध्ये पाँच सय ९८ जना महिला छन् । मधेस प्रदेशमा बेरोजगारीको संख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ ।
म्यादी प्रहरीका लागि आवेदन दिन आएका धनुषा मिथिला नगरपालिका ढल्केवरका बलबहादुर केसी कोरोना महामारीले भारतमा रोजगारी गुमाएका व्यक्ति हुन् । ‘पहिला भारतको दिल्लीमा बसेर लामो समयदेखि काम गरिरहेका थिएँ तर कोरोना महामारीले रोजगार गुमेपछि घरमै बसेको थिएँ । अब ४० दिनकै लागि भए पनि रोजगार पाउने आशमा निवेदन दिन आएको छु,’ उनले भने ।
मिथिला नगरपालिका जमुनिवासकी इन्द्रमाया श्रेष्ठले यसअघि पनि म्यादी प्रहरीमा जागिर खाइसकेकी छन् । ‘घरमा कामधन्दा छैन, पाँच वर्षपछि पुनः म्यादी प्रहरी सरकारी जागिर खान आवेदन दिन आएकी छु,’ ४५ वर्षीया उनले भनिन् । यसबाट आउने पैसाले घरपरिवारलाई धेरै राहत हुने उनको आश छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिन नै युवाहरूको उच्च रहेको बताए । ‘पहिलो दिन नै युवाहरूको संख्या उच्च थियो,’ उनले भने, ‘दोस्रो, तेस्रो दिन झन् उच्च रहने हाम्रो अनुमान हो । धनुषामा करिब साढे तीन हजार म्यादी प्रहरी चाहिएकोमा पहिलो दिन नै १८ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । अरु त समय नपाएर भोलि आउने भनेर घर फर्काएका छौं ।’
म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलब पाउँछन् । म्यादी प्रहरीले ४० दिन तलब पाउने छ । यस हिसाबले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको सात हजार दुई सय, पोसाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्चबापत एक हजार गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउने छ । म्यादी प्रहरीमा छनोट भएकालाई १० दिन तालिम दिने छ ।
म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्मको म्याद तोकिएको छ । मधेस प्रहरी कार्यालयका अनुसार प्रदेशभरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने छ । धनुषामा तीन हजार ४८६, सप्तरीमा तीन हजार १३९, सर्लाहीमा तीन हजार ८८, महोत्तरीमा दुई हजार ७३६, रौतहट दुई हजार ५८९, बारा दुई हजार ५२८, सिरहामा दुई हजार ३३१ र पर्सामा एक हजार आठ सय एकजना म्यादी प्रहरी भर्ना गरिने प्रहरी प्रधान कार्यालयबाट परिपत्र आएको मधेस प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले बताए ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमै राखिने निर्णय भएको उनले बताए । कुल म्यादी प्रहरी २२ प्रतिशत मधेस प्रदेशमै खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार