नारायणी नदी किनारमा प्लास्टिकजन्य फोहोरमैला टिप्दै राजेश हमाल
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार १९:२४:०
७ चैत, काठमाडौं । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरे ।
हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे । उनको आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए । सोमबार बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।
‘आज हामीले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो,’ अभिनेता हमालले भने, ‘यहाँ घुम्न आउने पर्यटकहरूले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गरेका थिए । केही दिन अगाडि मात्र अभिनेता हमालले काठमाडौंमा फोहोर व्यवस्थापनलगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएको भन्दै ‘मेयर बन्नु पर्छ कि क्या हो रु’ भन्दै व्यंग्य गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार