रुपन्देही सुपरलिग सुपर फोर : बुद्धलाई हराउँदै एमसीसी १२५ रनले विजयी
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २१:४३:७
मोहम्मद हबिब
७ चैत, भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीले विजयी भएको छ । सुपर फोरअन्तर्गतको तेस्रो खेलमा बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले जित निकालेको हो ।
भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नौ विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे ।
त्यस्तै सुशान्त थापाले २२, सविन शाक्य र मोइन अलिले समान १५-१५ रन बनाए । बलिङतर्फ बुद्धका विपीन खत्रीले तीन र सुभास भण्डारीले दुई विकेट लिए ।
दुई सय सात रनको लक्ष्य पाएको बुद्धले सबै विकेट गुमाउँदै ८१ रन मात्र जोड्न सक्यो । २३ दशमलव १ ओभर समेटिएको टिमका लागि सुरज पौडेलले १५, विपीन खत्री र सलिम अलिले समान १४ रन बनाए । अन्य खेलाडी मैदानमा टिक्न नसकेपछि १२५ रनको फारकलिो अन्तरले हार व्योहोर्नु पर्यो ।बलिङतर्फ एमसीसीका रोशनलाल गुप्ताले पाँच र रमेश कुर्मीले चार विकेट लिए ।
सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए । शनिबारबाट सुरु भएको सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् ।
१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउन्ड रोबिन लिग खेलाइँदै छ । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार