नेप्सेमा एक वाणिज्य बैंकसहित चार कम्पनीको साढे ८५ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २२:१९:१३
७ चैत, काठमाडौं । नेप्सेमा एक वाणिज्य बैंकसहित साढे ८५ लाख कित्ता शेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा एक वाणिज्य बैंक सहित एक लघुवित्त, एक जीवन बीमा र एक वित्त संस्थाको शेयर सूचीकृत भएको हो।
नेप्सेले सोमबार नेपाल एसबिआई बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवीत्तको बोनस शेयर सूचीकृत गरेको हो।
यी संस्थाहरुको कुल ८५ लाख ४९ हजार ९६६.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।
आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल एसबिआई बैंकले कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर वितरण गर्दा वोमी लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत र पोखरा फाइनान्सले ८.०७% बोनस वितरण गरेको हो।
नेप्सेमा नेपाल एसबिआई बैंकको अहिले बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६ कित्ता थप हुँदा प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख २५ हजार ५८५.५४ कित्ता शेयर सूचीकृत भएको छ। यसैगरी, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८ कित्ता शेयर थपिँदा पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता शेयर थपिएको हो।
सोमबार सूचीकृत भएका यी शेयरहरुको दोस्रो बजारमा कारोबार भने शेयरधनीहरुको डिम्याट खातामा आए पश्चात मात्र गर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार