एमसीसीले आर्थिक बिकासमा टेवा पुग्छ, यसलाई अनुदानका रुपमा बुझौँः प्रधानमन्त्री
नेपालबहस संवाददाता
चैत ७, २०७८ मंगलबार ३:२४:३
७ चैत, खोटाङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका कारण देशको गरिबी निवारणदेखि आर्थिक बिकासमा टेवा पुग्ने बताएका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको राष्ट्रिय हितमा भएको बताएका हुन् । देउवाले एमसीसीलाई अनुदानका रुपमा बुझ्न आग्रह गरे ।
‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ । अनुदान हो यो,’ देउवाले भने, ‘अवश्य नै देशमा गरिबी निवारणदेखि लिएर आर्थिक विकासमा ठूलो भूमीका राख्ने बिश्वास लिएको छु ।’ पुल उद्घाटनमा भएको देउवाको उपस्थितिलाई प्रतिपक्षी दलले भने चुनावी प्रचार–प्रसारका रुपमा लिएका छन् ।
निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेट ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ (मुल्या अभिबृद्धि कर सहित)मा पुलको काम सम्पन्न गरेको हो ।
निर्माण कम्पनीले १७ जेठ २०७८ मा पुल निर्माणको काम सम्पन्न गर्नेगरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि ४० मिटर लम्बाई भएको पुल निर्माण गरिएको हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो ।
दिक्तेल–याम्खा–पञ्चमी सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार