एमालेको चुनावी जनसभालाई सम्बोधन गर्न ओली दिक्तेल जाँदै
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १२:५८:४४
८ चैत, खोटाङ । एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
एमाले अध्यक्ष ओली हेलीकोप्टरबाट हलेसी आउने, हलेसी दर्शन÷घुमफिर गर्ने तथा गाडीबाट दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।
एमालेले एक महिने अभियान सञ्चालन गर्ने
आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भलाई लिएर एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष दंगालले जानकारी दिए ।
‘मेरो पार्टी म आफै बनाउँछु, मेरो वडा म जिताउँछु’ कार्यशालापछि सबै कमिटिलाई परिचालन गर्ने र जनतामा पुगेर योजना बनाउने एमालेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार