पूर्वमन्त्री प्रेमबहादुर सिंह आज एमालेमा फर्किदै
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १३:१९:५९
८ चैत्र काठमाडौं । समाजवादी जनता पार्टी (सजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह दलसहित आज एमादलेमा प्रवेश गर्ने भएका छन् ।
उनको नेतृत्वमा सिंगै दल र त्यसमा आवद्ध नेता कार्यकताहरु एमालेमा प्रवेश गर्ने भएका हुन् । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।
सिंहले नेतत्व गर्ने समाजवादी जनता दलमा अहिले कति सदस्य छन् भन्ने एकिन छैन । प्राय पार्टीमा उनी एक्लै देखिन्छन् ।
संविधानसभाको निर्वाचनपछि सरकार बनाउने र हटाउने खेल अन्र्तगत उनी पनि मन्त्री बनेका थिए । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए ।
मंगलबार दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने एमाले प्रचार विभागले जनाएको छ । मंगलबार पार्टी कार्यालयमा हुन लागेको कार्यक्रममा समाजवादी जनता पार्टी एमालेमा समाहित हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार