एनआरएनएको सहमति उल्टियो, घले पक्षको सम्मेलन काठमाडौंमा सुरु
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १६:५९:५७
८ चैत, काठमाडौं । सोमबार राती भएको भनिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को सहमति उल्टिएको छ । शेष घले पक्षले सहमतिबारे आफुहरुलाई जानकारी नभएको भन्दै एनआरएनएको १० औं विश्व सम्मेलन काठमाडौंमा सुरु गरेको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनले बताए ।
मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताए । भूकम्पले आफूले धेरै कुरा सिकेको उनले बताए ।
अर्थमन्त्रीसहित प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको उनले बताए । बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै उनले अर्थमन्त्री शर्माको प्रशंसा गरे ।
धेरै देशहरुमा भ्रमण बन्देज हुँदा पनि प्रतिनिधिहरु आएको भन्दै उनले खुसी व्यक्त गरे । २५÷३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको जानकारी उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार