बाम एकताको औचित्य पुष्टि गर्न एमाले नेता भुसालले पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १७:१४:४९
८ चैत, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले बाम एकताको औचित्य पुष्टि गर्न मंगलबार पत्रकार सम्मेलन गर्दैछन् । पत्रकारहरूसँगको अन्तर्कियामा वाम एकताको आवश्यकता र औचित्यबारे आफ्नो धारणा प्रष्ट पार्ने बताइएको छ ।
दिउँसो १२ बजे बबरमहलस्थित साफ फाल्चामा पत्रकारसँग हुने अन्तर्क्रिरयामा भुसालले एमाले, माओवादी केन्द्र र समाजवादी केन्द्रसहितको वाम एकताको आवश्यकता र औचित्यबारे प्रष्टाउने भएका हुन् ।
किन र के का लागि वाम एकता आवश्यक छ र कसरी एकता सम्भव छ भन्नेबारे भुसालले आफ्ना धारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । भुसाल सुरुदेखि नै वाम एकता कायम राख्नुपर्छ भन्ने मान्यता राखेका नेता हुन् ।
सोमबार एमालेको पोलिट्ब्युरो बैठकमा पनि उनले वाम एकताका लागि पहल लिन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले तत्काल वाम एकता सम्भव नरहेको जवाफ दिएका थिए । वाम एकता तत्काल हुन नसक्ने तर चुनावी एकता भने हुनसक्ने जवाफ ओलीले दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार