प्रहरी बताउने एक समूहले बन्धक बनाई भारत लगेको खुलासा
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १७:५५:५२
८ चैत, काठमाडौं । आफूलाई प्रहरी बताउने एक समूहले कञ्चनपुरबाट आइतबार साँझ एक नेपालीलाई बन्धक बनाएर भारत लगेको खुलेको छ । कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बस्दै आएका कैलालीको जानकी गाउँपालिका–६, जगतपुरका मीनबहादुर शाहलाई बन्धक बनाएर भारत पु¥याइएको हो ।
उनलाई भारत लगे पनि सीमामा प्रहरीले समेत चाल पाएन । मीनबहादुर पछिल्लो एक महिनादेखि श्रीमतीसहित कञ्चनपुरमा रहेको ससुरालीमा बस्दै आएका थिए ।
स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको र ‘काम छ’ भन्दै मीनबहादुरलाई लिएर गएका थिए । आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी त्यहाँ नभएको जानकारीपछि अनुसन्धान सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) लालबहादुर बमले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, “नेपाल प्रहरीको कुनै टोलीले उनलाई लगेको होइन । उनलाई लैजाने को हुन् भन्नेबारे अनुसन्धान हुँदै छ ।”
प्रहरी अनुसन्धानका क्रममा बम कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासामा प्रहरी हिरासतमा रहेको खुलेको छ । नेपाली नागरिक नेपालका सुरक्षा निकायको समन्वयबिना भारतीय प्रहरीको हात लाग्नु गम्भीर विषय भएको प्रहरीकै अधिकारी बताउँछन् ।
इन्सपेक्टर बलमे मीनबहादुरलाई कुन नाकाको प्रयोग गरेर भारत पु¥याइयो भन्नेबारे पनि अनुसन्धान भइरहेको बताए ।
प्रहरीका अनुसार केही समयअघि मीनबहादुर दम्पती भारतको गुडगाउँमा बस्दै आएका थिए । उनीहरू त्यहाँ बस्दा एक घरमा लुटपाट भएको र सो लुटपाटमा मीनबहादुरको नाम समेत जोडिएकाले लगेको हुन सक्ने आशंका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार