कालो सूचीमा राखेर मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा काटियो पानीको लाइन
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १८:१३:१२
८ चैत, जनकपुरधाम । लामो समयदेखि महशुल नबुझाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको खानेपानीको लाइन कटिएको छ । मुख्यमन्त्री भएपछि पानीको महशुल बुझाउन राउत परिवारले आनाकानी गर्दै आएको थियो ।
नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाका कर्मचारीले दिएको जानकारीअनुसार पटक–पटक ताकेता गर्दा पनि महसुल नबुझाएको कारण मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको खानेपानीको लाइन काटिएको हो ।
वीरगञ्जस्थित तेजारथ टोलमा रहेको मुख्यमन्त्री राउतको निजी निवासमा उनको बुवा दशरथ राउतको नाममा खानेपानीको लाइन रहेको थियो । नेपाल खानेपानी संस्थान वीरगञ्जले संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सुचीमा राखी लाइन काटिएको भन्ने सूचना जारी गरि लाइन काटिएको जनाएको छ ।
मुख्यमन्त्रीको बुवा दशरथको नाममा खानेपानीको जरिवाना सहित १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेको छ । मुख्यमन्त्री राउत सरकारी निवासमा बस्न थालेपछि उनको निजी निवासको रेखदेख उनका बुवा दशरथले नै गर्दै आएका छन ।
वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ । खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महिला अध्यक्षमा शोभा देवी
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
पुष ९, २०८१ मंगलबार
मलेसियामा सवारीसाधन एकआपसमा ठोकिँदा सात जनाको मृत्यु, ३३ घाइते
पुष ९, २०८१ मंगलबार