लोकतान्त्रिक समाजवादी पनि देउवा नेतृत्वको सरकारमा सहभागी हुँदै
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १८:३१:५८
८ चैत, जनकपुर । निर्वाचन नजिकिदै गर्दा महन्थ ठाकुर नेतृत्वको लाोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि वर्तमान सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुन मन्त्री र मन्त्रालयकाबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरुसँग कुरा भइरहेको सो पार्टिका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भइरहेको जानकारी गराएका हुन् । उनले प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेकाले आफुहरु पनि त्यसको तयारीमा लागेको बताए ।
आफूहरूले उठाएका माग सम्बोधन गर्ने सहमतिमा सरकारमा सहभागी हुने उनले बताए । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा आफूहरू खुला रहेको उनको भनाई ।
सरकारमा जाने विषयमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन आफूहरूले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार