चाँडै हेरफेर हुने मन्त्रिपरिषदमा माओवादीले हैसियतअनुसारको भाग लिन्छः अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १८:४७:२६
८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा चाँडै हेरफेर हुने बताएका छन् । उनले अहिले सरकारमा रहेका दलहरुबाट केहि मन्त्री हेरफेर हुने र अरु दल पनि सहभागि हुन सक्ने बताए ।
जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दावी गर्ने बताए । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाई छ ।
यसअघि देउवाले महाधिवेशनसम्मका लागि र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ’नयाँ पार्टी हौँ सहयोग गर्नुप¥यो’ भन्दा आफूहरूले बढी भाग दिएर सहयोग गरेको तर अब हेरफेर हुँदा हैसियतअनुसारको भाग माओवादीलाई चाहिने कुरा प्रधानमन्त्रीलाई बताइसकेको प्रचण्डले जानकारी दिए ।
उनले भने,‘माओवादी सबैलाई सहयोग गर्न मात्रै बनेको जस्तो भएर अब हुँदैन । जस्लाई भन्यो उसैलाई प्रधानमन्त्री बनाउन पनि माओवादी नै चाहिँने तर अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ ।’
प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने सम्भावनाबारे प्रधानमन्त्रीले आफूलाई जानकारी गराएको तर यसबारे गठबन्धनमा कुनै औपचारिक छलफल भने नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार