गठबन्धन गर्दा कांग्रेस कमजोर नहुने र अरु पार्टीका कार्यकर्ताले कांग्रेसलाई भोट हाल्ने ग्यारेन्टी हुनुपर्छ: डा.शेखर कोइराला
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १९:१७:१०
८ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दा कांग्रेसको अवस्था कम्जोर नहुने र अरु दलका कार्यकर्ताले पनि कांग्रेसमा भोट हाल्ने ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।
उनले ०७४ को जस्तै गरी गठबन्धन हुने हो भने कांग्रेसको अवस्थामा सुधार नआउने बताए । विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले गठबन्धन गर्दा कसरी गर्ने भन्ने मापदण्ड कांग्रेसले बनाउनुपर्ने बताए ।
कोइरालाले गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा र फोन गरेर पनि भनिरहेको बताउँदै गठबन्धन गर्दा ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान दिनुपर्ने बताए । उनले देशका विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी भइरहेको र उनीहरुको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने पक्षमा रहेको बताए ।
कोइरालाले कांग्रेसले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने आशंका व्यक्त गरे । गठबन्धन केका लागि भन्ने विषय प्रष्ट हुनुपर्नेमा पनि उनले जोड दिए ।
कोइरालाले भनने, ‘गठबन्धन केका लागि ? अरु पार्टीलाई जिताउनका लागि गठबन्धन हो कि ? ति पार्टीहरुले कांग्रेसलाई पनि भोट हाल्नका लागि हो ? त्यो विषयमा नेताहरुले सोच्नु आवश्यक छ ।’ उनले कांग्रेसका भोटरले ९० प्रतिशत भोट अर्को पार्टीका नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन गर्न नहुने बताए ।
नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘कांग्रेसको आफ्नै सिद्धान्त छ । राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्रराष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रिक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने ?’, कोइरालाले भने, ‘स्थानीय तहमा त कुनै पनि हिसावले केन्द्रले हस्तक्षेप गरेर गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा छु म । कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो ।’
०७४ सालमा कांग्रेससँग गठबन्धन गरेर माओवादी पछि एमालेसँग मिलेको दृष्टान्त दिँदै उनले भने, ‘हामीले गठबन्धन गर्यौं, महन्थ ठाकुर, उपेन्द्र यादवलाई सिट छोड्यौं, कमल थापालाई सिट छोड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई सिट छोड्यौं तर नेपाली कांग्रेसलाई कसैले सिट छोडेन ।’
अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने कुरामा ध्यान दिनुपर्ने दोहोर्याए । निर्वाचनमा कांग्रेस जित्नका लागि सबै एकढिक्का हुनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेस एकढिक्का भए अरूसँग मिल्नै नपर्ने पनि दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार