नेताहरु एक अर्कासँग डराउनु भनेकै कम्युनिस्ट एकतामा बाधा पुग्नु होः भुसाल
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १९:३४:५९
८ चैत, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट नेताहरू एकसँग अर्को डराउँदा कम्युनिस्ट एकता धरापमा परेको बताएका छन् । भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी ‘भत्काउन सके एकता गर्न सकिने पनि बताएका छन् ।
निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताए ।
आसन्न चुनावमा वाम एकता हुने प्रशस्त सम्भावना रहेको भन्दै उनले पार्टी एकताका लागि छलफल चलाउन आवश्यक भएको बताए । नेता भुसालले नेकपा विभाजनमा मुख्य ‘प्लेयर’हरू अहिलेका तीन अध्यक्ष भएको जिकिर गरे ।
आफूहरू पनि सहायक भएको भन्दै उनले पद र भूमिकाअनुसार विभाजनमा योगदान र पसिना सबैले बगाएको बताए । “साना मिहिनेतले अहिले बर्बाद भएको हैन । यसको आधारमा हामीले जिम्मेवारी लियौँ भने यो चुनावमा गठबन्धन बन्न सक्छ,” उनले भने ।
अबको कम्युनिस्ट एकता नेताहरूको व्यक्तिगत स्वार्थमा नहुने पनि उनले बताए । “नेताहरूको स्वार्थको आधारमा एकता हुँदैन भन्ने बुझिएको छ । अब एकता हुँदा निजी स्वार्थमा टेकेर एकता भयो भने हालत यस्तो हुनेछ भनेर हामीले थाहा पाइसक्यौँ,” उनले भने ।
उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । “कृत्रिम रूपमा बनाइएको दूरी र कम्युनिस्ट आन्दोलनको विभाजनमा हामी जिम्मेवार छौँ भन्ने महसुस भयो भने यो चुनावमै गठबन्धन हुनसक्छ,” भुसालले भने, “चुनावमा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । यसलाई नकारे कुनै नेतालाई मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनमाथि नै घात हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार