गठबन्धनमा महानगर र उपमहानगरकै चिन्ता
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १९:५२:१८
८ चैत, काठमाडौं । स्थानीय तह चुनाव नजिकिएपछि सत्तारूढ गठबन्धनभित्र तालमेल गरेर जानेबारे छलफल भएको छ । आज बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा पनि स्थानीय चुनावमा सहकार्य गरेर जाने विषय छलफल गरेका हुन् ।
काठमाडौं उपत्यका लगायतका महानगर र उपमहानगका विषयमा छलफल भएको बताइएको छ । मुख्यगरी ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जानुपर्नेमा दलहरू केन्द्रित देखिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच चुनावी सहकार्यबारे छलफल भएको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार कांग्रेसले चैत ११ मा केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा स्थानीय चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्ने पक्षमा सभापति देउवा छन् ।
पार्टीभित्र शेखर कोइराला पक्ष चुनावी गठबन्धनमा देखिएको छैन । तर कोइरालाले कम्युनिष्टहरू मिल्ने हुन् कि भन्ने चिन्ता कांग्रेसमा रहेको बताउने गरेका छन् । माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे छिटो निर्णय लिनुपर्ने बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार