अधिग्रहण गरिएका जग्गा ३५ दिनभित्र खाली गर्न एमसीसीको ताकेता
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २०:३:८
८ चैत, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एमसिसी परियोजनाअन्तर्गत सब–स्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ताकेता गरेको छ । समिति नुवाकोटमा अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना नै जारी गरेको छ
आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब–स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ । चार सय केभी रातमाटे सब–स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो ।
‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब–स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।
जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार