१८ मिनेट बसेर बागमती प्रदेशसभा बैठक स्थगित
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २०:४४:३९
८ चैत, हटौंडा । बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।
मंगलबार बसेको बैठक १८ मिनेट बसेर स्थगित भएको थियो । आजको बैठकमा शून्य समय माग गर्दै सांसद्हरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए ।
बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली कांग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।
बैठकमा माओवादी केन्द्रका सांसद सिम्खडाले धादिङ र नुवाकोट जोड्ने पुल अलपत्र पारिएको बारेमा सरकारका ध्यानाकर्षण गराएका थिए । उनले सडक पुलका योजनाहरूमा सरकारले बजेट मात्र खन्याएर नहुने त्यसलाई समयमा नै सम्पन्न गराउनतर्फ अघि बढ्नुपर्ने बताए ।
त्यस्तै काँग्रेसका वैद्यले २१ औँ शताब्दीमा पनि कागजको मत पत्र प्रयोग गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै इलेक्ट्रिक मेसिनबाट भोट गर्ने व्यवस्था गर्न माग गरे । उनले कागजको मत पत्रमा सरकारले अर्बौँ रुपैयाँ खर्च गरेकोले त्यसलाई रोकेर प्रविधिसँगै अघि बढ्न माग गरे ।
उनले इलेक्ट्रिक मेसिनको प्रयोग गरेर मतदान गर्ने व्यवस्था गरी सरकारले राज्यको भर कम गर्नुपर्ने बताए । इलेक्ट्रिक मेसिनको प्रयोगले मतदान विश्वसनीय हुनुको साथै मतगणनामा पनि छिटो र सरल हुने उनको भनाई छ ।
त्यस्तै प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्यालले पछिल्लो समय चुनाव महँगो बन्दै गएको बताए । उनले सामान्य मानिसले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै सरकारले यसको नियन्त्रणमा लाग्नु पर्ने बताए । चुनाव लड्ने उम्मेदवारले चुनाव प्रचारका क्रममा हरेक क्षेत्रमा खसी राँगा काटेर भोज गर्नुपर्ने अवस्थाले विकृति निम्तिएको धारणा व्यक्त गरे । उनले यसतर्फ सचेत हुनु पर्ने बेला आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार