क्यूआर कोड र डिजिटल उत्पादन प्रवर्द्धनका लागि नबिल बैंक र टेवानबीच सहकार्य
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २०:५९:३
८ फागुन, काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उदेश्यले गरिएको बैंकले जनाएको छ ।
सो कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले यस सहकार्यले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष थापाले महिला व्यवसायीको प्रवर्धनमा बैंकसँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् ।
कार्यक्रममा केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेशन तथा सि. एस. आर. प्रमुख कृष्ण सुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाको उपस्थिती थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार