म्यादी प्रहरी बन्न जुम्लामा तीन दिनमै १२ सयको आवेदन
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २१:३४:२३
८ चैत, जुम्ला । म्यादी प्रहरी भर्ना खुलेको तीन दिनमै जुम्लामा १२ सय जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन् ।
आवेदन दिन आउनेको संख्या दिनहुँ बढीरहेको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरी भन्छन्, ’जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने हो । तर, यहाँ भर्नाको आह्वान गरेको तेस्रो दिनमा १२ सयको दरखास्त परिसक्यो ।’
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका सबै नागरिकले दरखास्त दिन सक्नेछन्। उनले भने, ’पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइनेछ ।
म्याद ४० दिन मात्रै
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय ,पोसाक र अन्य खर्च गर्नेगरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेको प्रहरी निरीक्षक युवन चौधरीले बताए । उनले म्यादी प्रहरीको लागी १३ चैतमा सम्पर्क मिति रहेको छ । यस्तै १५ देखि २२ चैतसम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउन थाल्छ ।
प्रहरी निरीक्षक युवन चौधरीका अनुसार म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्षसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएका छन् । उनले भने, ’११ चैतसम्म दरखास्त दिने मिति भएकाले करिब दुई हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान छ ।’
कोरोना महामारीका कारण जुम्लामा बेरोजगारी दर बढेको छ । गाउँमा रोजगारीका कुनै अवसर नभएपछि म्यादी प्रहरीको लागि निवेदन दिएको चन्दननाथ नगरपालिका– ८ की दुर्गा थापाले बताइन । उनले भनिन्, घर खर्च चलाउन म्यादी प्रहरी हुन आएकी हुँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार