माओवादी अध्यक्ष प्रचण्ड मधेश झरेकै दिन ओलीले भने ‘मधेशको जय एमालेले मात्रै गर्छ’
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २२:५:४३
८ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन अभियान अन्तरगत नेकपा माओवादी केन्द्र मधेश प्रदेशले राखेको कार्यक्रमलाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर पुगेकै दिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनीप्रति लक्षित गर्दै मधेशको जय नेकपा एमालेले मात्रै गर्ने बताएका छन् ।
उनले मधेशको धेरै विकास आफ्नै नेतृत्को सरकारका समयमा भएको भन्दै कुनै पनि दलले मधेको जय हुनेगरी काम नगर्ने बताए । अरुले मधेशमा गएर गफका लुड्डु बाड्ने बाहेका कुनै काम नगरेका तर, एमालेले जहिले पनि मधेशको हित चाहेको ओलीले बताए ।
ओलीले मंगलबार पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएपछि भने,‘ढुक्क हुनुहोस् अब जय मधेश ।’ मधेशको अधिकारका लागि लड्ने दाबी गर्दै आएका पार्टीहरुले गलत बाटो देखाएको आरोप लगाउँदै एमालेले जय मधेशको सही बाटो देखाउने बताए ।
ओलीले आफ्नो दलले जय मधेश भनेकै कारण मधेशमा आफ्ना पालामा विकासका धेरै काम भएको उल्लेख गर्दै तराइको नाममा अनेकन मुद्दा उचालेर जनतालाई लडाउने कामहरु भएको टिप्पणी गरे ।
उनले भने,‘तराई ठगी खाने भाँडो भयो । पहिचानको राजनीति भन्ने । जातीय, धार्मिक जे जे हुन्छ साम्प्रादायिक कार्य गर्ने र झगडा लगाउनेहरु छन् ।’ देशमा द्वन्द्वका उद्दोगहरु स्थापना भएको र त्यसको एमालेले प्रतिवाद गरेको बताए ।
तराईमा विकासका ठूलो परिवर्तनहरु आफ्नो सरकारको पालामा भएको ओलीको दाबी थियो । हुलाकी राजमार्ग, द्रुत मार्गलगायत नेपाल आफैले बनाउन थालेको सुनाए । रेल किनेर ल्याएको र रेलका लिक समेत निर्माण गरिएको बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार