एनआईसी बैंकले ल्यायो स्थानीय बचत तथा मुद्दती खाताः उच्च ब्याजदर, बीमा र कर्जा सुविधासहितका २४ फाईदा यस्ता छन्
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १४:२४:८
९ चैत, काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” एनआईसी एशिया बैंकले घन्काएको नारा हो यो । आफ्ना ग्राहकहरुका लागि विभिन्न आकर्षक योजनाहरु लञ्च गर्दै आएको एनआईसी एशिया बैंकले स्थानीय जनतालाई नेपालकै सहज बैंकिङ सेवा प्रदान गर्ने उच्च अभिलाषाका साथ नयाँ योजना ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सार्वजनिक गरेको छ ।
ग्राहकहरूले यस बैंक र यसका विविध सेवा सुविधाहरूप्रति देखाएको विश्वास, सदाशयता एवं हार्दिकताको लागि कृतज्ञता व्यक्त गर्दै बैंकले ग्राहक र बैंक एउटै परिवारमा समाहित भई नेपाली जनताको मन एवं मुटुको बैंक बन्न पाउँदा थप हर्षित भएको पनि बैंकले जनाएको छ ।
ग्राहकहरुले प्रकट गरेको हार्दिकतालाई अझ बढी विश्वसनिय, सहज र सबल बनाउने तथा आम स्थानीय जनसमुदायहरूको दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउने एवं आर्थिक उन्नति एवं भलाईको उद्देश्यले यो योजना सार्वजनिक गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा बताइएको छ । यसअघि गरिएको हातेमालोलाई अझ बढी फराकिलो पार्दै स्थानीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा बैंकद्धारा जारी अतुलनीय फाइदाहरू रहेको सर्वश्रेष्ठ स्थानीय बचत खाता सञ्चालन गरी यसप्रकारको खाता खोल्न अभिप्रेरित गर्न आव्हान गरेको छ ।
यस बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदर, ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू एवं विशेषताहरूको विवरण निम्नानुसार उल्लेख गरिएको छ :-
क. सर्वश्रेष्ठ (स्थानीय) बचत खाता:-
२. बीमा सुविधा:-
३. Wealth Maximization:-
४ कर्जा सम्बन्धी फाइदाहरू:-
५. डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ:-
६ प्रिभिलेज बैंकिङ:-
बैंकद्धारा जारी अन्य प्रकारका बचत खाता भन्दा १० गुणा बढी फाइदाहरू रहेको यस बचत खातामै रू. ८४ लाखसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको बचत खाता नेपाली बैंकिङ क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरू समेटी सञ्चालनमा ल्याइएको नविन बचत खाता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले नेपालबहसलाई बताए । यस प्रकारको खाता योजना ल्याई स्थानीय जनताहरूको सेवा गर्ने अवसर प्रदान गर्नु हुने नै छ भन्ने विश्वास र भरोसा आफूलाई लागेको सीईओ न्यौपानेले बताए ।
स्थानीय स्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नतिमा ग्राहक र हाम्रो सहकार्यले एक उल्लेखनीय उपलब्धि हासिल गर्ने यो अभियानमा सँगै हातेमालो गरी उहाँहरूको सर्वोत्तम हितलाई ध्यानमा राखी विविध फाइदाहरू रहेको यस प्रकारको खाताबाट पक्कै पनि स्थानीयहरूको सर्वोत्तम हित नै हुनेछ भन्ने आफूलाई विश्वास लागेको उनले बताए ।
ख. सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खाता
१. ब्याजदर र न्यूनतम मौज्दात:-
यसप्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधा निशुल्क रहेको छ । यस योजनामार्फत स्थानीय जनताहरूलाई सेवा प्रस्ताव गर्न पाउँदा बैंकले अझ बढी समाज र राष्ट्र माथि सामाजिक उत्तरदायित्व बहन गरेको अनुभुति भएको बताइएको छ ।
सीईओ न्यौपानेका अनुसार बैंकका सेवा र सुविधालाई थप ग्राहकमैत्री बनाउन सदैव अग्रसर भएको नाताले हरेक प्रकारको बैंकिङ समस्याहरूलाई हालको उच्च प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूका तमाम समस्याहरूको हल आफ्नै घरमै बसी समाधान गर्ने खालको प्रविधिको विकास गरिएको छ । जस अन्र्तगत यस प्रकारको खाता सञ्चालनमा कुनै समस्या परेमा वा कुनै गुनासा र जिज्ञासा भएमा ग्राहकले नजिक रहेको बैंकको शाखा एवं त्यस शाखाका शाखा प्रबन्धकलाई प्रत्यक्ष सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई सदैव छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ क्षेत्रमा नै पहिलोपटक Guaranteed Experience Framework नीति तयार गरि लागू गरेको छ । जसअन्तर्गत बैंकले प्रत्येक बैंकिङ सेवा प्रदान गर्ने निश्चित समय सीमा निर्धारण गरी सोही समयमा ग्राहकद्वारा अनुरोध गरिएको सेवा तत्काल प्रदान गर्ने व्यवस्था गरेको छ ।
बैंकका सेवा तथा सुविधा सम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ च्यानलहरूमा प्रत्येक ग्राहकले भोग्ने प्राविधिक समस्याहरूको यथाशिघ्र समाधान तथा सेवा सम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ एपमा रहेको Customer Care मार्फत बैंकसँग जोडिन सक्ने जनाएको छ ।
त्यस्तै ग्राहकको गुनासो सुनुवाई तथा Progress Tracking को सुविधा समेत सो एपमार्फत उपयोग गर्न सकिनेछ । साथै, बैंकका सेवा तथा सुविधाहरूको सम्वन्धमा ग्राहकको अन्य कुनै जिज्ञासा एवं गुनासो भएमा नजिकैको शाखा कार्यालय वा निम्न नम्बरहरूमा सीधा सम्पर्क गन बैंकले सबैमा अनुरोध गरेको छ : सम्पर्क नं. : ०१–५९७०१०१ , टोल फ्री नं. : १६६०–०१–७७७७१
स्थानीय सबै नागरिकका प्रत्येक आर्थिक क्रियाकलापहरू बैंकिङ च्यानलहरूबाट मात्र सञ्चालन गर्ने उद्देश्यका साथै स्थानीय जनताहरूको आर्थिक, सामाजिक, राजनीतिक उन्नति प्रगतिका साथ उनीहरुको विशेषतः आर्थिक सवलीकरणमार्फत बैंक खातासँगै विविध अतुलनीय फाइदाहरू रहेकोले यो अवसरको भरपुर फाइदा लिन बैंकले सबैमा आव्हान गरेको छ ।
यसप्रकारको बैंक खाता सञ्चालन गरीे स्थानीय क्षेत्र भित्रका प्रत्येक नागरिकलाई “सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता” खोल्ने महान् अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगको उच्च अभिलाषा बैंक व्यवस्थापनले राखेको छ । एकपटक एनआईसी एशिया बैंकको सेवा प्रयोग गर्न बैंकले सबैमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार