करिश्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन कल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २२:३१:२
![](https://nepalbahas.prixacdn.net/media/albums/komal-karishma-kp-jitu_zXiCqTlJKV.jpg_wvPhfF4hpn.jpg)
८ चैत, काठमाडौं । गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ?
कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो । उनले जवाफ फकाईन्, हजुर ठिक छ सर ।
उनलाई जिज्ञासा लाग्यो तपाई केपी ओली हो ? ओलीले भने, अ हो विश्वास लागेन् ? करिश्माले भनिन्, लागेन सर । त्यसपछि उनले उनले एउटा डुंगाको कथा सुनाए । त्यसपछि उनी उहाँ ओली नै हो भन्नेमा सतप्रतिशत विश्वस्त भइन् ।
आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन देशकै निवर्तमान प्रधानामन्त्रीबाट फोन आउनु सामान्य कुरा होइन् । एउटा सामान्य कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थालिन् । त्यही फोन कलपछि करिश्मालाई लाग्यो देशको महत्वपूर्ण व्यक्तिले आफ्नो कामलाई हेरिरहेका रहेछन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो ।
उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् ।
ओलीको फोनबाट दंग परेकी करिश्माले केही दिन अगाडि प्रत्यक्ष भेट गरिन् । गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । जसका लागि एमाले नेतृ कोमल वली र हास्यकलाकार जितु नेपालले सहजीकरण गरिदिएका थिए ।
भेटको क्रममा उनले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाइन् । ओलीसँगै बसेर उनको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बनिन् । सबै क्षेत्रमा मानिसहरूलाई उत्तिकै महत्वका साथ लिएको र चासो मानेर सुनेको भन्दै ओलीको प्रश्न गरिन् ।
पछिल्लो समय ओलीलाई नियालिरहेकी करिश्मालाई एमालेप्रति लोभ्याउन ओलीको ‘परीक्षा कस्तो भइरहेको छ ?’ नै प्रमुख थियो ।
मंगलबार उनी एमाले प्रवेश गरेकी छन् । एमाले पार्टी प्रवेश गर्दै उनले ओली र एमालेको प्रशंसा गरिन् । एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पारिन् ।
पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताइन् । ओलीको इनर्जी देखेर आफू ताजुब भएकीसमेत बताइन् । एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको भन्दै अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने गरेकोसमेत बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार