राष्ट्र बैंकले ल्यायो नयाँ पुनरकर्जा कार्यविधि, यस्ता छन् नयाँ व्यवस्था ?
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २२:५३:१७
८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि संशोधन गरेको छ । संशोधन कार्यविधिमा पुनरकर्जाको ब्याजदर बढाएको छ । राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर अधिकतम ७ प्रतिशत पुर्याएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ (चौथो संशोधनसहित) जारी गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब ऋणीले लघु, घरेलु तथा साना उद्यम र साधारण पुनर्कर्जाका लागि अधिकत ७ प्रतिशत र विशेष पुनर्कर्जामा ५ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ । यसअघि लघु, घरेलु तथा साना उद्यम र साधारण पुनर्कर्जाका लागि अधिकत ५ प्रतिशत र विशेष पुनर्कर्जामा ३ प्रतिशत ब्याजदर तिर्नुपर्ने व्यवस्था थियो ।
पुनर्कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई तिर्नुपर्ने ब्याजदर पनि बढाएर अधिकत ५ प्रतिशत पुर्याइएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले लघु, घरेलु तथा साना उद्यममा २ प्रतिशत, साधारण पुनर्कर्जामा ३ प्रतिशत र विशेष पुनर्कर्जामा १ प्रतिशत ब्याजदर तिर्नुपर्ने व्यवस्था थियो । एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुन्छ र यस्तो कर्जा नवीकरण हुँदैन ।
उद्यमी स्वयम् संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिन्छ । कुनै क्षेत्र विशेषलाई प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनरकर्जा मानिन्छ भने दुवै समूहमा नपरेका बैंकले समय समयमा तोकेका सबै कर्जालाई साधारण पुनर्कर्जा मानिन्छ ।
नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि २०७७ चौथो संशोधन (पूर्णपाठ)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार