फुटबल टिम वर्षको उत्कृष्ट
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २२:५६:५९
८ चैत, काठमाडौं । पूरा मानवजातिमाथि नै संकट निम्त्याउने गरी कोभिड– १९ को महामारी सुरु हुँदा अघिल्लो वर्ष जनजीवन निक्कै कष्टकर थियो । मानिसले मानिसलाई भेट्न डराउनु पर्ने अवस्था सृजना भयो । पूरा विश्वभर सामान्य जनजीवन बर्जित हुँदा जमघट हुने सबैखाले क्रियाकलाप बन्द थिए ।
खेलकुद कोभिड १९ को सबभन्दा ठूलो तारो थियो । घरघरमै थुनिएका निराश मानिसहरूलाई मन बहलाउनका लागि अध्ययन, टेलिभिजन र इन्टरनेटको मात्र सहारा थियो ।
नेपाली खेलकुद पनि महामारीबाट पूर्ण रुपमा प्रभावित भयो । एउटै टिममा ११ जना खेलाडी मैदान उत्रिनुपर्ने, बेन्चमा पनि कम्तिमा सात खेलाडी हुने फुटबल बिथोलिनु स्वभाविक थियो ।
महामारीकै कारण एसियाली महारथी अस्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटको घरेलु खेल अन्तिम समयमा रद्द भयो । जसबाट सबभन्दा बढी नेपाली समर्थकहरू निराश भए ।
त्यही निराशा मेटाउन होला अखिल नेपाल फुटबल संघले गत वर्ष चैतमा दशरथ रंगशालामै बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको २३ वर्षमुनिको टोली बोलाएर त्रिदेशीय कप आयोजना ग¥यो । जसमा नेपाल च्याम्पियन बन्यो ।
महामारीको तनावका बीच समग्र नेपालीलाई खुसी दिन सफल भएकै कारण नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ दी इयर’को सम्मान हासिल गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार