आफुलाई परिवर्तनको नायक भन्दै प्रचण्डले भने, ‘माओवादीले हारे देश हार्छ, अरु हारे फरक पर्दैन’
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २३:२४:४१
८ चैत, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु मात्रै परिवर्तनको नायक भएकोले माओवादीले चुनाव हार्दा देशले पनि हार्ने बताएका छन् । आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गर्दै उनले अरु पार्टीले चुनाव हार्दैमा देशलाई कुनै फरक नपर्ने बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणी गरेका हुन् । लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको प्रचण्डको भनाई छ ।
उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने दावी गरे । यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिए । प्रचण्डले माओवादी विरुद्ध षड्यन्त्र गर्ने र धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी हुन कार्यकर्तालाई निर्देशन दिए ।
उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रह गरे । उनले भने, ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार