इन्धन खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीबीच वार्ता सुरु
नेपालबहस संवाददाता
चैत ८, २०७८ बुधबार २:५१:३५
८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबारसम्म चल्ने छ । पेट्रोलियम आपूर्ति बिन्दु र यसबाट भएका फाइदा तथा बेफाइदा, मूल्य निर्धारण प्रणाली र प्राविधिक सेवा सुविधा साटासाटबारे वार्ता केन्द्रित हुनेछ ।
हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल २०१७ मा नवीकरण भएको थियो । बैठकमा इन्धन खरिद सम्झौताको समीक्षा र भावी योजनाबारे छलफल हुनेछ ।
नेपालकोतर्फबाट बैठकको नेतृत्व निगमका कार्यकारी निर्देशक उमेश थानीले गरेका छन् । आईओसीकोतर्फबाट सन्दीप जैन नेतृत्वको ६ सदस्यीय टोली सहभागी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार