राजर्षि जनक कप: एनआरटीविरुद्ध संघर्ष पूर्ण जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश
नेपालबहस संवाददाता
चैत ८, २०७८ बुधबार ३:१८:४९
♦ एसवी थापा
८ चैत, सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तरगत सम्पन्न खेलमा आयोजक बागमती युवा क्लबले संघर्ष पूर्ण जित निकालेको छ ।
मंगलबारको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्ष पूर्ण जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न खेलमा बागमतीका लागि खेलको ८६औँ मिनेटमा जोमोल एन्थोनीले निर्णायक गोल गरे ।
बागमतीका एन्थोनीले एनआरटीका गोल रक्षक पूजन हुवासगँ वान टु वानको अवस्थामा पुगेका थिए । सोही अवसरलाई सदुपयोग गर्दै एन्थोनी गोलरक्षकलाई विट गर्दै गोल गर्न सफल भए ।
आजको खेल दुवैतर्फबाट निकै प्रतिस्पर्धात्मक बनेको थियो । लयमा रहेर दुवै टोलीले खेलमा केही राम्रा अवसर तयार गरे । तर, पाएको केही अवसरमा दुवै तर्फबाट सशक्त प्रहार गर्न सकेनन् ।
आयोजक बागमती र न्युरोड टिमबीचको आजको भेट यस सिजनको दोस्रो भेट हो । यस पहिला दुई टोली धनगढीमा सम्पन्न खप्तड गोल्डकपमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा पनि न्युरोड टिम बागमतीसगँ पराजित भएको थियो ।
यस अर्थमा पनि आज दुवै टोली खेल जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएका थिए । एनआरटी आजको खेल जित्दै धनगढीमा भएको हारको बदला लिने तयारीमा थियो । भने, बागमती घरेलु मैदानमा उच्च मनोबलका साथ जित दोहो¥याउने दाउमा थियो । खेलको अन्तिम केही मिनेट आक्रामक बनेको बागमतीले अन्ततः तयारी अनुसार नै नतिजा आफ्नो पक्षमा पार्दै जित दोहो¥यायो ।
खेल अवधि भर एनआरटी आयोजक बागमती माथि दबाब बनाउने ठुलै संघर्षमा देखियो । तर, सफल हुन सकेन । खेलमा एनआरटीका ‘मीड फिल्ड’का खेलाडीहरूको फिनिसिङ नहुँदा टिमले स्कोर गर्नबाट चुक्यो । फलस्वरूप परिणाम बागमतीको पोल्टामा प¥यो ।
खेल अवधि केही तनावको अवस्थामा देखिएका बागमतीका प्रशिक्षक रोजित केसीलाई स रेफ्रि प्रज्वल क्षेत्रीले पहेँलो कार्ड देखाउँदै सचेत गराए । यस्तै बागमतीका लागि निर्णायक गोल गरेका जोमोल एन्थोनी म्यान अफ दि म्याच घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गर्न सफल भए । जितसँगै बागमती युवा क्लबले चैत १० गते हुने सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लबसगँको भेट पक्का गरेको छ ।
यस पहिला (केविए) ग्लोबल (बिएफसी) चितवनलाई पराजित गर्दै एनआरटीले आयोजक बागमतीसगँ प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा भेट पक्का गरेको थियो । एक खेल बाई पाएको आयोजक बागमती भने सिधै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यसैबीच यस प्रतियोगिता अन्तरगत हुने बुधवारको अन्तिम क्वाटरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार