डण्डीको मूल्यवृद्धि गर्नुको कारण पेस गर्न विभागको निर्देशन
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १६:४७:२०
९ चैत, काठमाडौं । उद्योगीहरुले अनावश्यक रुपमा डण्डीको मुल्य बढाएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले मुल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति हुन निर्देशन दिएको हो ।
निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले उद्योगीसँग गर्दै यस्तो निर्देशन दिएको विभागले जनाएको छ । विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको नेतृत्वमा तीन÷स्टल उद्योग सञ्चालनको सहभागिता रहेको थियो ।
छलफलमा सहभागी उद्योगीले डन्डीको मूल्य बढ्नुका कारण नेपाली उद्योगीले गर्दा नभएर विदेश आउन कच्चा पदार्थको मूल्य बढेको बताएको विभागले जनाएको छ । कोभिडपछि डन्डीको भाउ नेपालमा मात्रै नभई, अन्तर्राष्ट्रिय बजारमै बढेको देखिन्छ ।
विभागले डन्डी उद्योगीसँगको छलफलपछि डन्डीको मूल्य बढ्नुको कारणसहितका कागजातका प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिएको छ । कच्चा पदार्थ बढेर भनेरमात्रै नहुने भन्दै कच्चा पदार्थमा बढेको मूल्य र नेपालमा उत्पादन गर्दा बढेको लागतको सबै रिपोर्ट पेश गर्न भनिएको हो ।
पछिल्ला दुई महिनामा डन्डीको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्म बढेको छ । महँगो हुनुका कारण चित्तबुझ्दो नभए कानुनअनुसार कारबाही प्रक्रियामा जाने तयारी विभागको छ । नर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे मूल्य वृद्धि भएको भन्दै विरोध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार