युक्रेनबाट नेपाल भित्रियाे १८ अर्बकाे सामान, आयात ३८.६४ प्रतिशतले बढ्दा कुन देशबाट कति ?
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १८:८:२२
९ फागुन, काठमाडौं । चालु आवको ८ महिनामा नेपालले विभिन्न देशबाट साढे १३ खर्ब बढीको सामान भित्राएको छ । नेपालले गत वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव ६४ प्रतिशत बढी सामान भित्राएको हो ।
आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुबै बढको छ ।
युक्रेनबाट १८ अर्ब ५ करोड वस्तु भित्रियो ?
युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजारको विभिन्न वस्तु भित्रिएको छ । युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ । ८ महिनामा नेपालमा युक्रेनबाट १८ अर्बको ५ करोडको सामान भित्रिदा जम्मा १९ लाख २९ हजारको सामान निर्यात गरेको छ ।
युक्रेनबाट नेपालमा १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल र ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ ।
२८ अर्ब १७ करोड ३२ लाखको सुन भित्रियो ?
आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । कूल २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो ।
कुन देशबाट कति सुन भित्रियो ?
चालु आवको ८ कहिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।
३१ अर्बको मोबाइल नेपाल भित्रियो
चालु आवको पहिलो आठ महिनामा नेपालमा करिब ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ ।
कुन देशबाट कति सेट मोबाइल भित्रियो
नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ ।
यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स (युएई) बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ, जापानबाट ४ करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट ३ करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो ।
डेढ खर्ब बढीको इन्धन आयात
नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । चालु आवको साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।
अघिल्लो वर्ष सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो ।
नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट, ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास र ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।
निर्यात कुन देशमा कति ?
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ । फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो ।
पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ । यस वर्ष नेपालले भारतमा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमास तेल पठाएको छ ।
यस्तै, सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल नेपालबाट भारत गएको छ । यस वर्ष ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल पनि भारतमा निर्यात भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार