महधिवेशनपछि पहिलो पटक सभापति देउवा र नेता कोइरालाबीच फोनमा कुराकानी
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १८:४२:६
९ चैत, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा लडेका शेरबाहदुर देउवा र डा. शेखर कोइरालाबीच आज पहिलो पटक फोनमा कुराकानी भएको छ । डा. कोइरालाका निजि सचिव दिनेश थपलियाका अनुसार बुधबार (आज) सभापति देउवाले कोइरालालाई फोन गरेपछि कुराकानी भएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टिले गर्नुपर्ने काम र निर्णयकाबारेमा दुई नेताबीच छलफल भएको थिएन । कोइरालाले सञ्चारमाध्याम र सार्वजनिक कार्यक्रमहरुमा निर्वाचन र पार्टीले आगामी दिनम लिनुपर्ने रणनीतिका विषयमा धारणा राख्दै आएका थिए ।
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार चयन र पार्टी संगठन विस्तार लगायतका विषयमा केहि दिन अघिदेखि देउवा र कोइरालाबीच फोन गरागरको अवस्था आएपनि संवादको अवसर भने मिलेको थिएन । गत मंसिरमा सभापतिमा भिडेर दोस्रो चरणमा देउवा विजयी भएपछि शेखरले टेलिफोनमार्फत बधाई दिएका थिए ।
त्यसपछि भेटेर बधाई दिने बताएका शेखर र सभापति देउवाबीच अहिलेसम्म व्यक्तिगत भेट भएको थिएन । बैठक–छलफलका सामूहिक भेटबाहेक शेरबहादुर–शेखरबीच व्यक्तिगत रूपमा टेलिफोन वा प्रत्यक्ष संवाद समेत यसअघि भएको थिएन ।
बुधबार बिहान सभापति देउवाले शेखरलाई टेलिफोनमा सम्पर्क गरेका हुन् । दुई नेताबीच पार्टी सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ । पोनमा कोइरालाले पार्टी सञ्चालन, भातृसंस्थाको तदर्थ समिति र पार्टी मापदण्डका आधारमा न्यायपूर्ण सञ्चालन गर्नुपर्ने विषयमा कुरा राखेका थिए ।
थपलियाका अनुसार संसदीय समिति गठन र पार्टीका अरू गतिविधि सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो । देउवाले सबैलाई मिलाएर अघि बढन आफु तयार रहेको र यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार