एमाले वामपन्थी मात्रै हैन, पुरानो लोकतान्त्रिक पार्टी पनि होः ओली
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १८:५५:२
९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुरानो लोकतान्त्रिक पार्टी भएकाले यो पार्टीलाई वामपन्थी मात्र भन्न नमिल्ने बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनमा एमालेको अरुको भन्दा बढी देन रहेको बताए ।
बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएकाले सोहीअनुसार आगामी निर्वाचन पनि लोकतन्त्र रक्षाका लागि एमालेले जित्नुपर्ने बताए ।
उनले, ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा भएको बताए ।’ ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने दोहार्याए ।
ओलीले एमाले वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै नर्विसिएर सवै कार्यकर्ता लोकतन्त्र र प्राप्त उपलब्धी रक्षामा लाग्नुपर्ने बताए ।
एमालेको जारी बैठकमा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन् । यस्तै, विभिन्न विभागहरू गठन बैठकको कार्यसूचीमा समावेश छ । स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तय गर्नेलगायत एजेन्डा छन् ।
यस्तो बैठकका कार्यसूची
१. रिपोर्टिङ
२. राजनीतिक प्रतिवेदन
३. विभागहरूको गठन
४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
५. घोषणापत्र तयारी
६. पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७. पार्टी स्थापना दिवस
८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९. सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११. विविध
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार