महासचिव चन्दलाई चेतावनी, ‘निर्वाचनमा गए पार्टी विभाजन हुन्छ’
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १९:१६:३४
९ चैत, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चुनावमा जाने–नजाने भन्नेबारे दुई धारबीच तिब्र मतभेद देखिएको छ ।
निर्वाचनमा जानुपर्ने लाइनमा पार्टीका महासचिवसमेत रहेका विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को समूह देखिएको छ । पार्टीले निर्वाचनमा जान नहुने लाइनमा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र अर्का नेता धर्मेन्द्र बास्तोला देखिएका छन् ।
विप्लव नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा जारी छ । सोही बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि छलफल जारी छ ।
केन्द्रीय समिति वैठकअघि विप्लवसहित पाँच शीर्ष नेताहरुको बैठक काठमाडौंमा बसेको थियो । जसलाई विप्लव समूहले ‘हेडक्वार्टर’ भन्दै आएको छ । सो बैठकमा विप्लवले निर्वाचन जाने प्रस्ताव गरेका थिए ।
बैठकमा विप्लवको प्रस्तावलाई प्रकाण्डले समर्थन गरेका थिए भने ओली र बास्तोलाले प्रस्तावको विरोध गरेका थिए । सन्तोष बुढामगर भने तटस्थ बसेका छन् । ‘हेडक्वार्टर’बाट आफ्नो प्रस्ताव पास नभएपछि विप्लवले सोही प्रस्तावलाई केन्द्रीय समितिमा पेस गरेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले निर्वाचनमा जान नहुनेमा आफ्नो मत राखेका छन् । एक नेताका अनुसार अधिकांश नेताहरुले चुनावलाई उपयोग गर्ने अवस्था आएमा पार्टी संसदीय प्रणालीमा सहभागी भएको अर्थ लाग्ने बताए ।
ती नेताले भने,“पार्टीले निर्वाचनको नीति पास गरे पार्टीमा विभाजनसम्मको अवस्था आउन सक्छ । अरुलाई संसदीय दल भन्ने अनि आफैँ त्यही बाटोमा जाने भए अहिलेसम्म किन यस्तो नाटक गरेको त ? यसले सही दिशामा पार्टीलाई लैजान्न ।”
विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा समेत दर्ता छैन । निर्वाचन आयोगमा दल दर्ताको समय पनि सकिएको छ । यस्तो विप्लवको पार्टी चुनाव लड्दा सो पार्टीका उमेदवारको हैसियत स्वतन्त्र उमेदवार वा अन्य दलहरुसँग सहकार्य गर्नुपर्ने छ ।
२ वर्ष सशस्त्र गतिविधि गरेको सो पार्टीले विभिन्न एजेन्डामा जनमत संग्रहको माग गर्दै आएको छ । पछिल्लो समय पार्टीभित्र अन्तरसंघर्ष चर्किँदै गएको छ । पार्टी निर्वाचनमा गए केही नेताहरु पार्टीबाट अलग्गिने सम्भावना रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार