पारिश्रमिक लिइसकेका प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् : निर्देशक बोहोरा

नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २०:२२:९

९ चैत, काठमाडौं । फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर, प्रचारप्रसारमा नआएर समस्या भयो,’ निर्देशक बोहोराले भने । उनी निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश गीत ’अनौठो प्रेम’को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाकै क्रममा उनले दुखेसो पोखेका हुन् ।
‘आफ्नो फिल्मलाई प्रमोसन गर्न कलाकार आफैँ आउनु पर्ने हो । तर, पारिश्रमिक पाएपछि सम्पर्कविहीन छन्,’ उनले भने । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की, दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप छ ।
‘राम्रा कलाकार नभएका होइनन् तर केही अनप्रोफेसनल कलाकार पनि छन्,’ उनले भने । निर्देशक बोहोराले कलाकारहरूलाई बारम्बार म्यासेज र फोन गरेर सम्पर्क गर्ने कोसिस गरेको बताए । ’प्रियकाजी बच्चा भएको कारण नआउनु भएको हो कि रु दीपिकाजीलाई पनि सम्पर्क गर्दा विभिन्न बहाना बनाउनु भएको छ,’ उनले भने । दीपिकाजीको श्रीमान दिवाकर भट्टराई आफै निर्देशक भए पनि फिल्म निर्देशकको पीडा नबुझेको उनको गुनासो छ ।
‘दिवाकरजीले मेरो पीडा बुझ्नु पर्ने हो, तर बुझेनन् । फिल्म रिलिजको संघारमा रहँदा कलाकार पब्लिसिटीमा नआउँदा के हुन्छ रु त्यो कसरी व्यक्त गरौँ,’ निर्देशक बोहोराले भने ।
उनले आफुले पूरा पारिश्रमिक दिएकै कारण कलाकारको साथ नपाएको गुनासो गर्दै आउने फिल्ममा स–सर्त पब्लिसिटीको पाटो सम्झौतामा समेट्ने बताए । १८ चैतबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए ।
कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ‘हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ,’ उनले भनिन् ।
फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ ।
नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् ।
निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि। गुरुङको सम्पादन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार