एमाले केन्द्रीय कमिटीमा प्रदेश अध्यक्षहरुले गरे गठबन्धन गर्दा हुने घाटा र नाफाको रिपोर्ट
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २०:५५:९
९ चैत, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ । प्रदेश अध्यक्षहरूले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए ।
एमालेका प्रदेश अध्यक्षहरुले आसन्न स्थानीय तह निर्वाचनमा प्रदेश अनुसार आफुले जित्न सक्ने सिटको प्रक्षेपण गरेका छन् । केन्द्रीय कमिटीको तेस्रो बैठकमा रिपोर्टिङ प्रस्तुत गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २९ स्थानीय तह जित्ने दाबी गरे । तर, एमाले एक्लै लड्नुपर्नेमा उनले जोड दिए ।
यसअघि, ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९ सिट जितेको थियो । अध्यक्ष शाहले गठनबन्धन गरेर गए १५ स्थानीय तह जित्ने बताए । कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन् ।
यस्तै लुम्बिनी प्रदेशमा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने प्रक्षेपण गरेको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रिपोर्टिङ गर्दै निर्वाचनमा अरू पार्टीसित तालमेल गर्न उपयुक्त नहुने बताए । कँडेलका अनुसार गठबन्धन गरे पार्टीलाई प्रदेशमा २४ सिट घाटा हुनेछ ।
उनका अनुसार १०९ स्थानीय तह भएको लुम्बिनीमा एमाले एक्लै लडे ६५ स्थानीय तहमा जित हासिल गर्न समस्या छैन । तर, गठबन्धन गरेर गएमा ४१ सिट मात्र जित्न सकिने अवस्था छ ।
यता, गण्डकीमा भने १२ स्थानीय तह गुमाउने एमालेको प्रक्षेपण छ । उसले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सिट संख्या घट्ने प्रक्षेपण गरेको छ ।
प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गुम्न सक्ने बताएका हुन् । ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो । अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा रिपोर्टिङ गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार