नेप्से २६३० विन्दुमा झर्यो, दुई कम्पनीको शेयरमा सर्किट
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २२:१:५
९ फागुन, काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । २६५१ विन्दुमा खुलेको बजार २० दशमलव ३४ अंकले घटेर २६३० विन्दुमा झरेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक घटेको छ।
यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको नेप्सेमा यस दिन २२६ स्टकको २९ हजार ६७८ पटकको कारोबारमा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको ३९ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ४६ स्टकको मूल्य बढेको छ। जसमध्ये दुई स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ६७ रुपैयाँ ७० पैसा बढेर ७४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने इमर्जिङ्ग नेपालको ६२ रुपैयाँ ८० पैसा बढेर ६९१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन १६५ स्टकको मूल्य घटेको छ तर गिरावट दर भने कम रहेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार