सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जान्छः नेता पाण्डे
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २२:७:४९
९ चैत, काठमाडों । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’
आज (बुधबार) राजधानीमा आयोजित कार्यक्रममा नेता पाण्डेले स्पष्ट बहुमतसहित देशको नेतृत्व गर्नको लागि पनि जनताले कांग्रेस र नेकपालाई साथ दिएको स्मरण गराए । तर, दुवै सरकारले पूरा कार्यकाल सरकार सञ्चालन गर्न नसकेको उनको गुनासो थियो ।
पाण्डेले भने,‘यो देशले बहुमत दिएकै हो, दुई तिहाईको सरकार सञ्चालनको अवसर पाएका थियौं । तर, हामीले यो सरकारलाई थाम्न सकेनौं । ओलीले देश र पार्टीको जिम्मेवारी लिनुभएको थियो । तर, दुई तिहाईको मत बीचमै खण्डित भयो । सरकार र पार्टी सञ्चालन गर्ने विधि, अत्यन्तै अराजनीतिक, अप्रजातान्त्रिक तरिकाले बढ्दै गए ।
संविधानमै व्यवस्था नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम पनि भयो । त्यो पनि दुई दुई पटक संसद् विघटन भयो । संविधान मिचियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र संविधान बचाउनको लागि यो गठबन्धन बनाएका हौं ।’
उनले वर्तमान गठबन्धन समयले माग गरेको पनि दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने नै दाबी गरे । उनले भने,‘रणनीति र आवश्यकत्ता के पर्छ ? त्यो आफ्नो ठाउँमा छ । अहिले चुनावमा तालमेल र गठबन्धन गर्नेबारे छलफल भएको छ ।
बालुवाटारमा भएको छलफल थाहा पाईसकेका छौं । ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको उम्मेद्धवार केन्द्रबाट टुँगो लगाउने कुरा भएको छ । यो कुरा पनि उठिरहेको छ । हामी आपसी सहमति र सल्लाहबाट यो कुरा टुँगो लगाउँछौं ।’
प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम हुने पाण्डेको दाबी छ । उनले थपे–‘यो गठबन्धनलाई कायम राख्न जरुरी छ। नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न हुँदैन् । यो गठबन्धन टुट्दैन् । गठबन्धन टुट्छ कि भनेर कसैले द्धिविधा नराखे हुन्छ। कांग्रेसका केही नेताहरुले तुच्छ शब्द बोलेको पनि सुनेको छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार