चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा कुन ठाउँमा हाइकिङ जालान् ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २२:३८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Chinese_Foreign_SlacUuyTxP.jpg)
९ चैत, काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । पाकिस्तान, भारत हुँदै उनी शुक्रबार नेपाल आइपुग्ने छन् ।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सधै विशेष रहने गर्छ । यसपटक शुक्रबारबाट सुरु हुने वाङको नेपाल भ्रमण अझ विशेष हुनेछ, कारण हो– उनी यस्तो बेला नेपाल आउँदै छन् जसको केही साता अघि मात्र चीनको विरोधका बाबजुद नेपालको संसदले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ अनुमोदन गरेको थियो ।
वाङले विदेशमन्त्रीको रुपमा यसअघि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् । नेपाल भ्रमण गर्दा उनी सुटुक्क काठमाडौं वरपरका पहाडमा हाइकिङ जाने गरेका छन् । उनको विगतको भ्रमणमा यस्तै देखिएको थियो ।
वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले झक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए । वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन् । भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ ।
सन् २०१४ को डिसेम्बरमा उनी हिंड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए । उनी सूर्योदय र सूर्यअस्त अवलोकन गर्न नगरकोट पुगेका थिए । सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए । पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन् । उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए ।
‘यति ठूलो विदेशी पाहुना यसअघि नगरकोटमा बस्नेगरी कोही पनि आउनु भएको थिएन । चिनियाँ विदेशन्त्री वाङ यी नै नगरकोटमा आउनु भएको सबैभन्दा उच्चस्तरको विदेशी पाहुना हुनुहुन्छ,’ आठ बर्ष अघि वाङ यी नगरकोट पुग्दा क्लब हिमालय रिसोर्टका तत्कालिन महाप्रबन्धक विकास शाक्यले भनेका थिए ।
वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए । सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातिर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए । उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन ।
मातातिर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए । उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए । वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा शुक्रबार तेस्रो पटक नेपाल आउँदै छन् । यसपटक उनले तीन दिन नेपालमा बिताउने छन् । अघिल्ला भ्रमणको बेला नगरकोट र चन्द्रागिरी पुगका उनी यसपटक कुन ठाउँको हाइकिङ गर्लान् त रु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
बुङ्गमतीमा रोपाईंको चटारो [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
मुद्दा दर्ता गर्न अदालत पुगे अख्तियारका कर्मचारी
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार