कोरोना महामारीले हिमाली देशहरूको अर्थतन्त्रलाई डामाडोल बनाएको छ: प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २२:५७:४६
९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले हिमाली देशहरूमा सबैभन्दा ठूलो आर्थिक मार पारेको बताएका छन् । उनले हिमाली देशको अर्थतन्त्र पुनःप्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक रहेको बताए ।
बुधबार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पर्वतीय स्रोतहरूको संरक्षण र दिगो उपयोगको महत्वबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
देउवाले कोभिड–१९ महामारीले कसैलाई पनि नछोडे पनि धेरै असर हिमाली देशहरूको अर्थतन्त्रमा परेको बताए । पर्यटन उद्योग गम्भीर रूपमा अवरुद्ध भएको भन्दै प्रधानमन्त्री देउवाले गुमेको अर्थतन्त्र पुनःप्राप्तिको लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थनबाट रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक भएको बताए ।
देउवाले दिगो पर्वतीय विकासको अर्न्तर्राष्ट्रिय वर्षका सन्दर्भमा नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न कार्यक्रम र गतिविधिहरू गर्ने निर्णय गरिसकेको बताए । उनले यही अन्तर्राष्ट्रिय वर्षको अवसरमा हिमाली जिल्ला मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेको समेत जानकारी दिए ।
सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्न विश्वव्यापी तापमान वृद्धि रोक्नुपर्ने र त्यसका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताए । दिगो पर्वतीय विकासको एजेन्डा नेपालकालागि सधैँ प्राथमिकताको विषय छ, हामीले यसको पक्षमा बेला–बेलामा आवाज पनि उठाएको तर्क उनको छ ।
उनले भने,‘वैज्ञानिक अध्ययनले देखाएको छ कि पहाडी क्षेत्रहरू विश्वव्यापी रूपमा तापमान बढेको छ, औसत भन्दा धेरै छिटो न्यानो हुँदै आएको छ, हिउँ पग्लिनु, ग्लेसियर पछाडि हट्नु, खडेरी बढ्नु, अनिश्चित वर्ष, बाढी पहिरो आदिले समेत सावधानीको संकेत गरिरहेका छन् ।’
उनले पर्वतीय मुद्दाहरूलाई मूलधारमा ल्याउन जलवायु वार्ताको बाटो अवलम्बन गर्नुपर्ने बताए । ‘पर्वतीय एजेन्डा सम्बोधन गर्न संयुक्त राष्ट्र जलवायु परिवर्तन वार्तामा पहाडी देशहरूबीच बलियो समन्वय चाहिन्छ, हिमाली देशका सरोकारवालाई सम्बोधन गर्न नेपालले विश्वव्यापी मञ्चहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ,’ उनले ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ । सम्मेलनमा दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत समथर भूभागबीचको अन्तरसम्बन्धलगायत विषयमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार