माओवादी गण्डकीको पदाधिकारी निर्वाचन आज, सबै पदमा उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २३:४०:५
९ चैत, पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ । सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो ।
तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो ।
कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि नवलपुरबाट मित्रशरण शर्मा, पर्वतका गुणखर बस्याल, गोरखाका लोकप्रसाद बन्जारा, बागलुङका ज्ञानमान गैह्रे, कास्कीका गंगा पोखरेल र केशव पौडेल तथा तनहुँकी गीता शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, एक जना सचिवका लागि दुई जनाको मनोनयन छ । गोरखाका जगन्नाथ खनाल र विष्णु भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।
तीन सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिए भने कोषाध्यक्षमा तीन जनाको दावेदारी परेको छ । सहसचिवमा कास्कीका जीवन खाती, राजकुमार दुलाल, लमजुङका मेखबहादुर भण्डारी, स्याङजाका कल्पना अर्याल, तनहुँका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विकले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा कास्कीका मेखबहादुर विक र भीमबहादुर विक तथा स्याङजाका तारा भुसालको उम्मेदवारी परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार